कपिलवस्तु क्षेत्र नं. ३: सभापति पदमा गोविन्द केसीको दाबी
न्युजसेन्टर नेपाल कपिलवस्तु-
आसन्न नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा कपिलवस्तु क्षेत्र नं. ३ मा आन्तरिक प्रतिस्पर्धा चर्किन थालेको छ । यही बेला नेपाली कांग्रेसका युवा, जुझारु र सक्रिय नेता गोविन्द केसीले क्षेत्रीय सभापति पदमा आफ्नो दाबी बलियोसँग पेश गरेका छन् ।
बर्तमानमा क्षेत्र नं. ३ (क) का क्षेत्रीय सभापति रहेका केसीले अब क्षेत्र नं. ३ को मुख्य सभापतिमा दाबी गर्दै पार्टीका अग्रपंक्तिका नेता, कार्यकर्ता र सुभेच्छुकहरूसमक्ष आफूलाई समर्थन गर्न अपील गर्नुभएको छ ।
वर्षौंदेखि नेपाली कांग्रेसमा विभिन्न तह–तप्कामा नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै आएका गोविन्द केसी संगठन विस्तार, पार्टी सुदृढीकरण र स्थानीय स्तरमा जनसम्पर्क मजबुत बनाउने अभियानमा निरन्तर सक्रिय रहँदै आएका नेता मानिन्छन् । पार्टीभित्र युवालाई नेतृत्वमा ल्याउने अभियानका बलियो पात्रका रूपमा पनि केसीलाई हेरिन्छ ।
केसीले आफू यस पदका लागि योग्य, सक्षम र जिम्मेवार नेता रहेको स्पष्ट गर्दै आगामी महाधिवेशनमा क्षेत्र नं. ३ लाई नयाँ धार, नयाँ ऊर्जा र सुदृढ नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
क्षेत्रभरका कार्यकर्ताबीच केसीको सक्रियता, समर्पण र संगठनप्रतिको लगावकै कारण उहाँको दाबीलाई दमदार र प्रभावकारी मानिएको छ । आगामी महाधिवेशनमा केसीको दाबी कति बलियो रूपमा उदाउँछ भन्ने उत्सुकता भने बढ्दै गएको छ।