Connect with us
Kapilvast Forest

कपिलवस्तुको विजयनगरमा १ सय ४० युनिट रगत संकलन

२०८२, २३ मंसिर सोमबारमा प्रकाशित

कृष्ण पौडेल, कपिलवस्तु-
कपिलवस्तुको विजयनगर गाउँपालिकामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आज भएको रक्तदानमा १ सय ४० जनाले रक्तदान गरेका आयोजकले जानकारी दिएको हो । राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीको आयोजना, गाउँपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाइटी बुटवल-रुपन्देहीको प्राविधिक सहयोगमा वडा नम्बर ६ बद्धौरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले रक्तदानलाई मानवीय तथा पुण्यको काम भएको बताए। रक्तदानले कसैको जीवन बचाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाइ थियो ।

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष तिलक गिरिले पछिल्ला वर्षहरूमा रक्तदानप्रति युवाहरूको आकर्षण उल्लेखनीय रूपमा बढेको उल्लेख गरे। पहिले रक्तदानबारे विभिन्न भ्रम थिए, तर वैज्ञानिक तथ्य र जनचेतनाका कारण अहिले रक्तदाताको संख्या बढ्दै गएको बताए।

रगत अभावले कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रगत दान गरेका युवा संघ विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj