Connect with us
Kapilvast Forest

विजयनगरमा जिम्मेवारी हेरफेर : जिन्सी शाखामा करार कर्मचारी यादवकै ‘हालीमुहाली’, कमिसनको खेल

२०८२, २३ मंसिर सोमबारमा प्रकाशित

न्युजसेन्टर नेपाल, कपिलवस्तु-

कपिलवस्तुको विजयनगर गाउँपालिकामा कर्मचारीहरूको जिम्मेवारी हेरफेर भएको छ । तर जिन्सी शाखामा कार्यरत करारका कर्मचारी सहायक कम्प्युटर अपरेटर रवि प्रताप यादव भने यथावत राखिएको भन्दै पालिकाभित्रै असन्तुष्टि बढेको छ ।

विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले यादवलाई नचलाउँदा पालिकामा खैलाबैला मचिएको छ । करारका कर्मचारी यादवलाई प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले काखी चाप्दा अन्य कर्मचारीहरु रुष्ट बनेका छन्।

नयाँ व्यवस्थापन अनुसार योजना शाखाका प्रमुख बोधराज भुसाललाई प्रशासन शाखाको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै वडा नं–४ का वडा सचिव प्रदीप कुमार अधिकारीलाई योजना शाखा प्रमुख बनाइएको छ । पशु शाखाका कर्मचारी पूर्णबहादुर शर्मालाई वडा नं–४ को वडा सचिव को जिम्मेवारी दिइएको छ ।

तर अरू सबै कर्मचारीको दायित्व परिवर्तन हुँदा समेत जिन्सी शाखामा कार्यरत करार कर्मचारी यादवलाई भने टसमस पनि नगरिएको कर्मचारी स्रोतले बताएको छ ।

कर्मचारीहरूका अनुसार करार कर्मचारीलाई जिम्मेवारी नचलाउनु र निरन्तर जिन्सी शाखा नै सञ्चालन गरिनु पछाडि कमिसनको खेल रहेको दाबी गरिएको छ ।
एक कर्मचारी स्रोतका अनुसार, “सबै कर्मचारीलाई दायाँ–बायाँ गरियो, तर रवि प्रताप यादवलाई किन चलाइएन ? यसमा केही न केही खेल त छ ।”

उनीहरूको आरोप छ—जिन्सी शाखाका सबै काम यादवले नै हेर्छन् र कमिसन बढ्दै गएको छ । वडा नं–१ का वडा सचिव बालबहादुर थापा जिन्सी शाखा प्रमुख भए पनि शाखामा नजाने, सबै जिम्मेवारी यादवले नै बहन गर्ने गरिएको बताइएको छ ।

कर्मचारीहरूले करारका कर्मचारीलाई अगाडि राखेर काम गराउँदा कमिसनसम्बन्धी विवाद कम देखिने भएकाले यादवलाई नै जिन्सी चलाउने जिम्मेवारी दिइएको आरोप पनि छ ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाललाई समेत “कमिसनको सेटिङ” का आधारमा कनिष्ठ कर्मचारी यादवलाई जिम्मेवारी दिने गरिएको भन्दै विवाद चुलिएको थियो ।

यस विषयमा प्रतिक्रिया लिन विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मालाई फोन सम्पर्क गर्न खोज्दा उनको मोबाइल नम्बर ९८५७०१४८६९ रिसिभ हुन सकेन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu