रास्वपाको समानुपातिक सूचीमा जेन–जी अगुवा पुरुषोत्तम यादव
जेन–जी अभियानका अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका छन् ।रास्वपाले माग गरेको आवेदनअनुसार यादवले मधेशी क्लस्टरबाट आकांक्षा दर्ता गराएका हुन् ।
रास्वपाले गएराति सार्वजनिक गरेको सूचीमा जेन–जी अगुवा यादवको नाम पनि मधेशी क्लस्टरमा छ । उनी युवामाझ सक्रिय जेन–जी आन्दोलनका परिचित अनुहारका रूपमा चिनिन्छन् ।
गत २३ भदौमा प्रदर्शनका लागि प्रशासनसँग अनुमति माग्ने व्यक्तिहरूमध्ये यादव पनि थिए । यसले उनलाई नागरिक अभियान र सार्वजनिक अभिव्यक्तिमा सक्रिय पात्रका रूपमा चिनाउने गरेको छ ।