Connect with us
Kapilvast Forest

महाराजगंजमा एकीकृत घुम्ती शिविर सम्पन्न, ४०० जनाले एकै ठाउँबाट सेवा लिए

२०८२, ४ पुष शुक्रबारमा प्रकाशित

कपिलबस्तु पौष ०४

कपिलबस्तुको महाराजगंज नगरपालिकाको आयोजनामा वडा नं ०५को उदयपुर स्वास्थ्य चौकीमा १ दिने एकीकृत घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमार्फत करिब ४०० जना स्थानीय नागरिकले विभिन्न सरकारी सेवा एकै ठाउँबाट प्राप्त गरेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।

नागरिकमैत्री सेवा प्रवाह नगरपालिकाको प्राथमिकता रहेकोले नागरिकको घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त शिविरमा स्वास्थ्य सेवा, कृषि तथा पशु सेवा, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता, अपाङ्गता परिचयपत्र वितरण, व्यवसाय दर्ता तथा नविकरण लगायतका सेवाहरू उपलब्ध गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाका सेवा नागरिकको पहुँचमा पुग्नुपर्छ भन्ने मान्यताका साथ एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो । यसले नागरिकको समय र खर्च दुवै बचत गरेको छ ।

प्रशासनिक सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउन यस्तो शिविर उपयोगी भएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले बताउनु भयो । उहाँका अनुसार एउटै स्थानबाट यस्तो सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज भएको छ ।

वडास्तरमै सेवा उपलब्ध हुँदा स्थानीयवासी उत्साहित भएको वडा नं ०५ को वडा अध्यक्ष छेदी प्रसाद कुर्मीले बताउनुभयो । उहाँले विशेष गरी वृद्धवृद्धा, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि घुम्ती शिविर अत्यन्त लाभदायक भएको धारणा व्यक्त गर्नुभयो ।

शिविरमा सहभागी सेवाग्राहीहरूले सबै सेवाहरु एकै ठाउबाट सहज रूपमा सम्पन्न गर्न पाएको भन्दै खुशी व्यक्त गरेका छन् । महाराजगंज नगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu