Connect with us
Kapilvast Forest

१०औँ चन्द्रौटा महोत्सवको तयारी पुरा :जलपरी देखि लन्डन ब्रिज सम्म

२०८२, १२ पुष शनिबारमा प्रकाशित

कपिलवस्तु –

कपिलवस्तुको चन्द्रौटामा सञ्चालन हुन गइरहेको १०औँ चन्द्रौटा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। चन्द्रौटा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही १३ गतेदेखि २८ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ।

महोत्सव तयारीका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले महोत्सवको प्रचार–प्रसारमा मिडियाले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

भुसालले पछिल्ला वर्षहरूमा महोत्सवहरू व्यवसायिक मोडतर्फ अघि बढिरहे पनि, स्थानीय उत्पादन र प्रतिभाको प्रवर्द्धन लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। प्रतिष्पर्धा भन्दापनि एक आपसमा सहकार्यगर्दै अगाडी बढ्न सकेमा यसले फाइदा हुने बताउनुभयो । कोभिड–१९ महामारी पछि देशको अर्थतन्त्र कमजोर बनेको उल्लेख गर्दै उहाँले व्यवसायिक वातावरण अझै नरहेको बताउनुभयो ।
यस्तै चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईस्वरी पाण्डेले चन्द्रौटामा विगतमा भएका घटना तथा द्वन्द्वको स्मरण गर्दै प्रभावित क्षेत्रलाई देशभर चिनाउन यस्ता मेलाहरूले महत्वपूर्ण योगदान दिएको बताउनुभयो। उहाँका अनुसार महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय प्रतिभाको प्रदर्शन तथा जेष्ठ नागरिक सम्मानको विशेष व्यवस्था रहनेछ।

यसैगरी यसवर्ष मम्मी डान्स आईडल पनि रहने जानकारी दिनुभयो । लन्डन ब्रिज, जलपरी, आइफिल टावर लगायतका संरचनात्मक आकर्षणसँगै देशभर चर्चित कलाकारहरूको प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहने पाण्डेको भनाइ छ।
यस्तै, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेद अलि मियाले महोत्सव संचालन गर्दा चन्द्रौटाबाट अर्थतन्त्र बाहिर जानुभन्दा पनि यहाँ नै व्यापारिक गतिविधि बढ्ने बताउनुभयो ।

इतिहासमा थुप्रै चुनौती झेलेको चन्द्रौटा हाल शान्ति क्षेत्रको रूपमा विकास हुँदै गएको बताउँदै मियाले पछिल्ला दुई वर्ष देशको अर्थतन्त्र कमजोर भए पनि यस्ता व्यापारिक महोत्सवले स्थानीय बजारलाई चलायमान बनाउने टिप्पणी गर्नुभयो।
कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका पदाधिकारीसहित जिल्लाभरका सञ्चारकर्मीको उपस्थिति रहेको थियो।पत्रकारहरूले महोत्सवलाई रात्रीकालीन भन्दा साँझमै समापन गर्ने, महोत्सव स्थललाई रंगशालाका रूपमा विकास गर्न पहल गर्ने तथा सफाइ व्यवस्थापनलाई प्राथमिकता दिन सुझाव दिएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu