रविले भने– सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
काठमाडौं –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् ।
आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे सम्झौता भएपछि लामिछानेले फेसबुकमार्फत् सो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।उनीहरुबीच पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनपछि संसदीय दलको नेता एवम् भावी प्रधानमन्त्री बालेन हुने सम्झौता भएको छ ।बालेन शाह रास्वपामा आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राखिएको छ ।
सम्झौतापत्रमा लामिछाने र शाह दुवैले आ–आफ्नो पदीय हैसियतमा मौन रहेर नाममात्रै लेखेका छन् । सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीको विषयवस्तु उल्लेख भए पनि रवि लामिछानेको नाममात्रै छ, पद लेखिएको छैन ।
सम्झौता पत्र