Connect with us
Kapilvast Forest

टेरामक्स मुद्दामा विशेषले माग्यो सर्वोच्चको आदेश

२०८२, १४ पुष सोमबारमा प्रकाशित

काठमाडौं-

विशेष अदालतले बहुचर्चित टेरामक्स प्रणाली खरिद प्रक्रियामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा थप प्रमाण मगाउने आदेश गरेको छ।अदालतले टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध परेका रिटहरूमा सर्वोच्च अदालतबाट भएका आदेशहरूको प्रमाणित प्रतिलिपि मगाउन आदेश दिएको हो ।
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत मुछिएको यस मुद्दामा अदालतले आइतबार थप प्रमाणका साथै विज्ञको बकपत्र गराउने आदेश पनि दिएको छ।
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले यस्तो आदेश गरेको हो। ‘अनुसन्धानको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नियुक्त टेलिकम्युनिकेश विज्ञ केशव ज्ञवालीलाई बुझ्नुपर्ने देखिएकोले आयोगबाट विशेष सरकारी वकील कार्यलय, काठमाडौं मार्फत् भौतिक रुपमा वा श्रव्यदृश्य माध्यममार्फत् उपस्थित गराई बकपत्रका लागि इजलास समक्ष पेस गर्नू’, आदेशमा भनिएको छ।

Aadesh-1766921336.jpg

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu