गायक प्रकाश सपुत रास्वपाको समानुपातिक सूचीमा
काठमाडौँ-
गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएका छन् । रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सपुतको नाम दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा राखिएको छ ।
लोकप्रिय सांगीतिक सिर्जनाहरूबाट आम दर्शक–श्रोतामाझ स्थापित सपुत पछिल्लो समय सामाजिक विषयवस्तुमा आधारित सिर्जनाका कारण विशेष चर्चामा छन् । उनका ‘गलबन्दी’, ‘सकम्बरी’, ‘मेरो पनि हैन र यो देश’, ‘बोल माया’ लगायतका गीतहरूले नेपाली सङ्गीत क्षेत्रमा फरक पहिचान बनाएका छन् ।रास्वपाले समाजका विभिन्न क्षेत्रबाट परिचित र प्रभावशाली व्यक्तिहरूलाई समानुपातिक सूचीमा समेट्ने क्रममा सपुतलाई अघि सारेको हो ।