राप्रपाबाट को–को परे समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित)
काठमाडौँ –
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक निर्वाचनतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरेको हो। पार्टीको सोमबारको कार्यसम्पादन समिति बैठकमा अधिकांश क्लस्टरमा सहमति र केही क्लस्टरमा निर्वाचनको माध्यमबाट समानुपातिकको सूची टुंगो लगाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले आयोगमा बुझाएको बन्दसूचीमा ११० जनाको नाम समावेश छ । जसमा तोरणबहादुर गुरुङ, खुस्बु ओली, मोहनकुमार श्रेष्ठ, निरुपमा यादव, प्रह्लाद साह, गोपाल दाहाल, राजेन्द्र गुरुङलगायतको नाम छ ।





