Connect with us
Kapilvast Forest

अकिल मियाँको नाम समानुपातिक सुचिमा

२०८२, १५ पुष मंगलवारमा प्रकाशित

काठमाडौ

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको बन्द सूचीमा कपिलवस्तुका नेता अकिल मियाँको नाम  समावेश गरेको छ ।

अकिल मियाको नाम बन्द सुुुुचीमा परेपछि  पार्टीभित्रको शक्ति सन्तुलन, क्षेत्रीय राजनीतिक सन्देश र अल्पसंख्यक प्रतिनिधित्वको रणनीतिलाई स्पष्ट रूपमा उजागर गरेको छ।

विगत लामो समयदेखि कांग्रेसको संगठनात्मक राजनीतिमा खटिँदै आएका मियाँलाई सूचीको अग्रस्थानमा राखिनु पार्टी नेतृत्वको ‘विश्वासको मत’ का रूपमा हेरिएको छ।

तरुण दलका केन्द्रीय सदस्य तथा क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका मियाँ संगठन निर्माण, चुनावी व्यवस्थापन र स्थानीय आन्दोलनमा सक्रिय रहे पनि अहिलेसम्म प्रत्यक्ष राज्यसत्ताको केन्द्रमा पुगेका थिएनन्।

यही कारण उनको समानुपातिक प्रवेशलाई ‘संघर्षबाट संसदसम्म’को राजनीतिक यात्रा मानिएको छ।
कपिलवस्तुजस्तो मुस्लिम मत निर्णायक प्रभाव राख्ने जिल्लामा अकिल मियाँको नाम अगाडि ल्याइनु कांग्रेसको दीर्घकालीन राजनीतिक रणनीतिको हिस्सा भएको विश्लेषकहरू बताउँछन् ।

पछिल्लो समय रास्वपा, एमाले, नेपाली कम्युनिस्ट पार्टी र क्षेत्रीय पार्टीहरू मुस्लिम मतदातामा प्रभाव जमाउन खोजिरहेका बेला कांग्रेसले अनुभवी र संगठनभित्र गहिरो पकड भएका मियाँलाई अघि सारेर आफ्नो आधार जोगाउने प्रयास गरेको देखिन्छ ।

यस निर्णयले कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धालाई समेत संकेत गर्छ। कपिलवस्तुमा लामो समयदेखि सक्रिय अन्य मुस्लिम नेताहरू पछाडि पर्दा पार्टीभित्र असन्तोष पनि देखिन सक्ने आँकलन गरिएको छ।

तर नेतृत्वले ‘निष्ठा, निरन्तरता र संगठनप्रतिको योगदान’ लाई प्राथमिकता दिँदै सूची तय गरेको सन्देश दिन खोजेको बुझिन्छ।

मियाँको सम्भावित संसद प्रवेशलाई केवल प्रतिनिधित्वको विषय मात्र होइन, कांग्रेसभित्र अल्पसंख्यक राजनीतिलाई पुनः संस्थागत गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।

यदि उनले संसदमा कपिलवस्तुका समस्या, सीमावर्ती क्षेत्रका चुनौती र मुस्लिम समुदायका सवाललाई प्रभावकारी ढंगले उठाउन सके भने यो निर्णय कांग्रेसका लागि राजनीतिक रूपमा लाभदायक बन्न सक्नेछ।  बन्द सुचिमा कपिलवस्तुको महिला नेतृ विमला गैरेको पनि नाम समाबेस गरिएको कांग्रेसले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu