Connect with us
Kapilvast Forest

आसिफ शाहले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

२०८२, १९ पुष शनिबारमा प्रकाशित

काठमाडौं –

नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् ।

‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’ शाहले लेखेका छन्, ‘साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’
यो पनि पढ्नुहोस

रास्वपा समानुपातिक उम्मेदवार टासीले भने– नाम फिर्ता लिन चाहन्छु, राजनीतिमा रुचि छैन

उनले अघि लेखेका छन्, ‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ– प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ–उठ्ने नै हो,’ कलाकार शाहले भनेका छन्, ‘हामी काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौं । देशभन्दा ठूलो केही हुँदैन ।’शाहले राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत् जनतासँगै उभिएर उम्मेदवारी दिने चाहना स्पष्ट रूपमा भने पनि रास्वपाले देशव्यापी चुनावी अभियान आवश्यककता महसुस गरेर समानुपातिक प्रणालीमै अघि बढ्नुपर्ने भनेपछि उम्मेदवारी दर्ता गरेको प्रष्टीकरण पनि दिएका छन् ।

‘तर, त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो । सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो,’ शाहको भनाइ छ, ‘देश निर्माणका लागि आवश्यक योगदान म जुनसुकै पद वा हैसियतमा रहे पनि सधैं गर्न तयार छु । तर, जनता र पार्टीका साथीहरूको भावनामा चोट पु¥याएर समानुपातिक सूचीमार्फत् सांसद बन्ने बाटो म रोज्न सक्दिनँ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu