Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगरमा दुई यातायात प्रालीबीच विवाद, ३ जना घाइते

२०८२, १९ पुष शनिबारमा प्रकाशित

न्युजसेन्टर नेपाल,
कपिलवस्तुको कृष्णनगर यातायात प्राली र सजिलो यातायात प्रालीबीच भएको विवादले उग्र रूप लिँदा ३ जना घाइते भएका छन् । शुक्रबार बेलुका ७:३० बजे सवारी बोलाउने क्रममा उत्पन्न विवाद झडपमा परिणत भएपछि अवस्था तनावपूर्ण बनेको हो ।

घाइते हुनेमा कृष्णनगर नगरपालिका वडा नं. ८ का २२ वर्षीय सहचालक सहेजाद मुसलमान,  कृष्णनगर नगरपालिका वडा नं. २ का २२ वर्षीय सहचालक विक्की मिश्र र कृष्णनगर नगरपालिका वडा नं. २ कै दिनेश कहार रहेका छन् ।

घाइते सहेजाद मुसलमानको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा रेफर गरिएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको कृष्णनगर यातायात प्रालीले जनाएको छ । अन्य दुई घाइतेको शिवराज अस्पताल बहादुरगन्जमा उपचार भइरहेको छ ।

कृष्णनगर यातायात प्रालीका अनुसार दुई प्रालीका कर्मचारीबीच भएको झगडालाई नियन्त्रण गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेपछि आफ्ना सहचालक तथा कर्मचारीहरू घाइते भएका हुन् । प्रहरीले सजिलो यातायात प्रालीको बहकाउ तथा पक्षमा परेर कृष्णनगर यातायात प्रालीका कर्मचारीमाथि मात्रै कुटपिट गरेको आरोप समेत प्रालीले लगाएको छ ।

कृष्णनगर यातायात प्रालीले दिएको जानकारी अनुसार सजिलो यातायात प्रालीका सब्बु खान, जुबेर खान, साहिल खान, समशेर खान, सलमान खान र मोनु खानले सुरुमा झैझगडा गरी कुटपिट गरेका थिए । उक्त विवाद कृष्णनगर चोकमा सवारी बोलाउने क्रममा सुरु भएको बताइएको छ ।

झडपका क्रममा कृष्णनगर यातायात प्रालीका कर्मचारी दिनेश कहारलाई सजिलो यातायात प्रालीका सञ्चालक जाबेद खानका परिवारका सदस्यहरूले कुटपिट गरेको आरोप लागेको छ ।

यश विषयमा जाबेद खानले अझैसम्म कुनै प्रतिक्रिया समेत दिएको पाइएको छैन ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक इश्वर लौडारी समेत घटनाको बारेमा केही बोल्नु भएको छैन ।

पीडित दिनेश कहारले घटनास्थल नजिकै प्रहरी उपस्थित हुँदाहुँदै पनि आफूलाई सुरक्षा नदिइएको गुनासो गरेका छन् ।

घटनापछि स्थानीयस्तरमा तनाव बढेको छ भने यातायात व्यवसायीहरूले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu