Connect with us
Kapilvast Forest

गुल्मीमा एक पुरुष मृत फेला

२०८२, २० पुष आईतवारमा प्रकाशित

गुल्मी –

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–७ अर्घाखाँची जिप पार्क नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आइतबार बिहान करिब ९:४० बजे सार्वजनिक शौचालयको बाहिरी पेटीमा सुतिरहेको अवस्थामा अन्दाजी ४९ वर्षका पुर्सबहादुर विक मृत फेला परेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी गराएका थिए ।

मृतक पुर्सबहादुर सोही स्थान आदर्शचोक घर भई विगत १–२ वर्षदेखि मागी हिँडेर जीवन निर्वाह गर्दै आएका र प्रायः अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको जनाइएको छ ।

सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । हाल उनको मृत्युको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu