Connect with us
Kapilvast Forest

शिवराजमा पौष २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

२०८२, २० पुष आईतवारमा प्रकाशित

कपिलवस्तु –
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा पौष २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ। नगर खेलकुद विकास समिति आयोजनामा हुन लागेको उक्त प्रतियोगिताका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ।
खेलकुद विकास समिति शिवराजका अध्यक्ष सन्तोष चौधरीले प्रतियोगिताका सबै खेल विधा व्यवस्थित, मर्यादित तथा विवादरहित रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापकबीच समन्वय कायम गर्दै निष्पक्ष र पारदर्शी खेल वातावरण निर्माण गर्न विशेष ध्यान दिइएको बताउनु भयो ।
प्रतियोगितामा नगरभित्रका ११ वटा सामुदायिक र एउटा सस्थागत गरि १२ वटा विद्यालयका छात्र ३८६ , छात्रा २२८ गरि ७१४ जना विद्यार्थी खेलाडीहरूको सहभागिता रहनेछ। एथलेटिक्स, कबड्डी, भलिबल, दौड, लङ जम्प, हाई जम्प लगायतका विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइने शिक्षा शाखा प्रमुख पुर्ण बहादुर बि.क ले जानकारी दिनु भयो ।
यस प्रतियोगितामार्फत विद्यार्थी खेलाडीहरूको प्रतिभा पहिचान गरी उनीहरूलाई प्रदेश तथा राष्ट्रियस्तरसम्म पुर्‍याउने लक्ष्य लिइएको उहाँले बताउनुभयो।
नगरपालिकाले पनि खेलकुदको विकासलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग र सहजीकरण गरिरहेको जनाइएको छ। स्थानीय तहमा खेलकुद गतिविधि बढेमा बालबालिका तथा युवाहरू शारीरिक रूपमा सक्षम हुनुका साथै अनुशासन, सहकार्य र नेतृत्व विकासमा पनि योगदान पुग्ने विश्वास लिइएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले शिवराज नगरमा खेलकुदप्रतिको रुचि बढाउने, लुकेका प्रतिभा उजागर गर्ने र विद्यालयस्तरको खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतियोगिता सफल बनाउन सबै विद्यालय, खेलाडी, अभिभावक तथा सरोकारवालाहरूलाई सहयोग गर्न खेलकुद विकास समितिले आग्रह गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu