Connect with us
Kapilvast Forest

काठमाडौंमा जाडो बढ्यो, तापक्रम ३ मा झर्‍यो

२०८२, २१ पुष सोमबारमा प्रकाशित

corona nepal

काठमाडौं –

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा ३।७ डिग्री सेल्सियस र ललितपुरको सानेपा क्षेत्रमा ३।३ डिग्री सेल्सियस मापन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै जाडो बढ्न लागेको भन्दै अनावश्यक काममा बाहिर ननिस्किन आग्रह गरिसकेको छ ।जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरुको तुलनामा बढी समस्या हुनसक्ने भएकाले ख्याल गर्न मन्त्रालयले सुझाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj