Connect with us
Kapilvast Forest

आज झन् जाडो, तत्काल छैन वर्षाको सम्भावना नभएको मौसम बिदको भनाई

२०८२, २२ पुष मंगलवारमा प्रकाशित

chiso.jpg

काठमाडौं-

देशभर जाडो बढ्दै गएको मौसमविदले बताएका छन् । काठमाडौंको हकमा हिजोको तुलनामा आज झन् जाडो महसुस भएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार आज बिहान ५स्४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३/४ डिग्री सेल्सियस छ । यो यस वर्षको हालसम्मकै कम तापक्रम हो ।

केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो क्रममा छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४/७ डिग्री सेल्सियस थियो । आइतबार ४, सोमबार ३/५ र मंगलबार बिहान ५:४५ बजे ३/४ डिग्री सेल्सियस मापन भएको हो । नेपालमा न्यूनतम तापक्रमको आधिकारिक तथ्यांक हरेक दिन बिहान पौने ९ बजे मापन गरेर सार्वजनिक गरिन्छ ।मौसमविद ढकालका अनुसार आज यस वर्षको हालसम्मकै कम न्यूनतम तापक्रम मापन भए पनि यो सरदर भन्दा भने केही बढी नै हो । उनका अनुसार काठमाडौंमा जनवरी ६ तारिक अर्थात आजको सरदर न्यूनतम तापक्रम २/२ डिग्री सेल्सियस हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj