Connect with us
Kapilvast Forest

कपिलवस्तुको बर्गदिमा स्कुल बस दुर्घटना, ७ विद्यार्थी घाइते

२०८२, २१ पुष सोमबारमा प्रकाशित

कपिलवस्तु –

कपिलवस्तुमा स्कुल बस दुर्घटना हुँदा ७ जना विद्यार्थी घाइते भएका छन्। सोमबार बिहान करिब ९ः१० बजे जिल्लाको मायादेवी गाउँपालिका–३ बर्सौलीस्थित फुलिका–बर्सौली भित्री सडक खण्डमा फुलिकाबाट बर्गदी तर्फ जाँदै गरेको लु १ क ५७२२ नम्बरको विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको हो।

सुद्धोधन गाउँपालिका–१ बग्दीमा रहेको सनलाइट इङ्लिस बोर्डिङ स्कुलको उक्त बसको स्टेरिङ फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले मायादेवीलाई जानकारी दिनुभयो।
उहाँका अनुसार दुर्घटनामा घाइते सबै विद्यार्थीको अवस्था सामान्य रहेको छ। घाइते विद्यार्थीहरूलाई उपचारका लागि सिटी अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते विद्यार्थीहरूको नामावलीः
मायादेवी–३ खैरेटी निवासी १२ वर्षीय प्रान्सु पाल (मुखमा चोट, अवस्था सामान्य)
मायादेवी–३ खैरेटीकी १४ वर्षीया अनिता बराई (बाहिरी चोटपटक छैन, अवस्था सामान्य)
मायादेवी–३ खैरेटी निवासी ११ वर्षीय विशेष थारु (अनुहारमा सामान्य चोट, अवस्था सामान्य)
मायादेवी–३ खैरेटी निवासी ८ वर्षीय अमन यादव (बाहिरी चोट छैन, अवस्था सामान्य)
मायादेवी–३ खैरेटी निवासी ८ वर्षीय सुदीप यादव (बाहिरी चोट छैन, अवस्था सामान्य)
मायादेवी–३ टिकौली निवासी १० वर्षीया आईसा भट्टराई (बाहिरी चोट छैन, अवस्था सामान्य)
मायादेवी–१ सिमरौटी निवासी १४ वर्षीया गुन्जा कहार (टाउकोमा भित्री चोट, अवस्था सामान्य)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu