Connect with us
Kapilvast Forest

बुटवलमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

२०८२, २२ पुष मंगलवारमा प्रकाशित

काठमाडौं-

बुटवलमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखाना अगाडिको सडकमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हबलदार नागेश्वर पाललाई बागमती प्रदेश १–००३ च ००७७ नं. कारले सोमबार अपराह्न सवा चार बजेतिर ठक्कर दिएको थियो ।

उनलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चार बजेर ३८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।ट्राफिक प्रहरीलाई ठक्कर दिने कारका चालक गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १ बस्ने ५६ वर्षीय जितेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको सूचना अधिकारी कार्कीले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu