कांग्रेस कार्यसम्पादन समिति बैठकको समय सारियो
काठमाडौं–
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (मंगलबार) बिहान सूचना जारी गरेर बैठकको समय परिवर्तन भएको जानकारी दिएका हुन् ।उनका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको छ । यसअघि बैठक बिहान ११ बजे तय भएको थियो । बैठकमा बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ ।
त्यसअघि आइतबार एमाले महासचिव शंकर पोखरेलले कांग्रेस कार्यवाहक सभापति खड्का र लेखकसँग कुराकानी गरेका थिए ।आइतबार नै एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि संवाद भएको थियो ।