Connect with us
Kapilvast Forest

कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन पाठ्यक्रम परिमार्जन गरिँदै 

२०८२, २४ पुष बिहीबारमा प्रकाशित

कक्षा ४ देखि १२ सम्म अध्ययन हुने सामाजिक अध्ययन विषय परिमार्जन गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कतिपय पाठ जटिल भएको, सिलसिला र तहगत क्रम नमिलेको भन्दै परिमार्जन गर्न लागेको हो । पाठ्यक्रम परिमार्जनका लागि विद्यालय र शिक्षकहरूसँग छलफल भइसकेको छ । केन्द्रका अनुसार सातै प्रदेशका सामाजिक अध्ययन विषय पढाउने शिक्षकसँग पनि छलफल भएको छ । पाठ्यक्रम परिमार्जका लागि केन्द्रले कार्यदलसमेत बनाएको छ । केन्द्रका महानिर्देशक युवराज पौडेलले कार्यदलले काम गरिरहेको जानकारी दिए । उनका अनुसार पुरानो पाठ्यक्रम र अरू देशको सामाजिक अध्ययनभित्र के–के छ त्यसमा तुलनात्मक अध्ययन पनि भइसकेको छ ।

‘पाठ्यक्रमलाई आवश्यक छलफल गरेर राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्मा लगिएको छ, गत १९ असारमा परिषद्ले छलफल पनि गरेको थियो,’ उनले भने, ‘पाठ्यक्रमअनुसार कक्षा ४, ५, ८, १० र १२ को पाठ्यक्रम लेखन कार्य भइरहेको छ । यो पाठ्यपुस्तकमा १८ जिल्लामा २० विद्यालयमा पाठ्यक्रम परीक्षणसमेत गरेर बल्ल कार्यान्वयनमा ल्याइनेछ, तर अझै थुप्रै काम बाँकी रहेकाले ०८४ को शैक्षिक सत्रदेखि मात्र नयाँ पाठ्यक्रम लागू हुन्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu