Connect with us
Kapilvast Forest

एक वर्षमा डिजेलको मूल्य १०% घट्यो, सार्वजनिक यातायातको भाडा भने घटेन

२०८२, २४ पुष बिहीबारमा प्रकाशित

यातायात व्यवस्था विभागले इन्धनको भाडा पाँच प्रतिशत घटबढ हुँदा भाडादर समायोजन गर्ने नियम बनाएको छ । तर, भाडादर निर्धारणमा सबैभन्दा ठुलो हिस्सा रहेको डिजेलको मूल्य निरन्तर घटिरहे पनि यातायात व्यवस्था विभागले भनेव्यवसायीको दबाबमा भाडा घटाउन आनाकानी गरिरहेको छ । विभागले गत वर्ष २२ पुसमा भाडादर समायोजन गर्दा यात्रुवाहक सवारीसाधनको ३.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको ढुवानी खर्च ०.८१ प्रतिशत र तराईमा सञ्चालन हुने सवारीसाधनको ढुवानी खर्च ०.०५ प्रतिशत बढाएको थियो । जबकि, त्यतिवेला डिजेलको भाडा अघिल्लोपटक मूल्य समायोजन भएको ३१ साउन, ०८० को तुलनामा १४ रुपैयाँ प्रतिलिटर घटेको थियो । आयल निगमबाट प्राप्त तथ्यांकअनुसार डिजेलको भाडा ३१ साउन, ०८० मा १ सय ६७ र २२ पुस, ०८१ मा १ सय ५३ रुपैयाँ प्रतिलिटर थियो ।

त्यतिवेला विभागले डिजेलको मूल्य घटे पनि श्रमिकको पारिश्रमिक, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी, मुनाफालगायतका सूचकमा वृद्धि भएकाले भाडा बढाइएको तर्क गरेको थियो । पछिल्लो एक वर्षयता पनि डिजेलको मूल्य र ब्याजदरमा ठुलो गिरावट आइसक्दा पनि उपभोक्तालाई राहत दिने गरी विभागले भाडादर घटाउन चासो दिएको छैन । एक वर्षअघि २२ पुसमा भाडा वृद्धि भएयता डिजेलको मूल्य प्रतिलिटर १६ रुपैयाँ, अर्थात् १०.४५ प्रतिशत घटिसकेको छ । तर, यातायात भाडा समायोजन गर्न विभागले तदारुकता देखाएको छैन ।

भाडा निर्धारणमा सबैभन्दा धेरै ३५ प्रतिशत हिस्सा डिजेलले ओगट्ने भएकाले पाँच प्रतिशत मूल्य तलमाथि हुनासाथ भाडा पनि हेरफेर गर्ने गरी विभागले ‘सूत्र’ तयार गरेको छ । त्यस्तै, सञ्चालन खर्चमा धेरै हिस्सा ओगट्ने बैंक ब्याजदरसमेत घटेर अहिले न्यून विन्दुमा आएकाले भाडा थप घट्नुपर्ने बलियो आधार छ । राष्ट्र बैंकका अनुसार अहिले ऋणको औसत ब्याजदर ७.३८ प्रतिशत छ ।

एक वर्षअघि नयाँ भाडा निर्धारण गर्दा डिजेलको मूल्य प्रतिलिटर एक सय ५३ रुपैयाँ थियो । अहिले डिजेलको मूल्य प्रतिलिटर एक सय ३७ रुपैयाँमा झरेको छ । प्रमुख कारक तत्वका रूपमा डिजेलको भाउ निरन्तर घटिरहेकाले यातायातको भाडा तत्काल घटाउनुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । ‘यातायातको भाडा घटाउन ढिला भइक्सयो, आफैँले बनाएको नियमअनुसार तत्कालै भाडा घटाउन सरकारले तदारुकता देखाउनुपर्छ,’ उनले भने । अन्य साधनको ढुवानी भाडासमेत घटाएर बजारमूल्य नियन्त्रणमा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा डिजेलको मूल्य घटाइरहेको जनाएको छ, तर उपभोक्ताले लाभ पाउने गरी अन्य वस्तु तथा सेवाको खर्च नघट्नु दु:ख भएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । ‘आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पनि मूल्य घटाएर आफ्नो प्रतिबद्धता पूरा गरिरहेको छ,’ ठाकुरले भने, ‘डिजेलको घट्दो मूल्यको लाभ सबैले पाउनुपर्छ ।’यातायात व्यवस्था विभागका प्रवक्ता गणेशमान सिंह राईले भाडादर समायोजन गर्ने विषयमा आन्तरिक छलफल भइरहेको बताए । ‘भाडादर समायोजन गर्नका लागि १२–१३ वटा सूचक छन् । तीमध्ये इन्धनको मूल्य पनि एउटा सूचक हो । इन्धनको मूल्य घटेपछि आवश्यक मूल्यांंकन गरेर अटोमेटिक रूपमा भाडादर समायोजन गर्नुपर्ने भन्ने त हो । तर, बिचमा यो रोकिएको थियो,’ उनले भने, ‘यद्यपि, अहिले भाडादर समायोजनका लागि आन्तरिक रूपमा छलफल भइरहेको छ । सम्बन्धित समितिको बैठक पनि भइरहेको छ । यस सम्बन्धमा छिट्टै निर्णय हुनेछ ।’

प्रतिशत परिवर्तन आउँदा भाडादर समायोजन गर्दा आपत्ति नहुने बताए । ‘पहिला इन्धनको मूल्य पाँच प्रतिशतले थपघट हुँदा नियमित रूपमा स्वचालित प्रणालीमै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले इन्धनको मूल्यमा पाँच प्रतिशत भाडा समायोजन हुन्थ्यो । तर, अहिले विभागले योअनुसार भाडा समायोजन गर्न सकेको छैन,’ उनले भने, ‘यसमा विभागले नै जिम्मेवारी हुनुपर्छ । इन्धनको मूल्य स्वचालित रूपमा परिवर्तन हुँदा आउने भाडादरमा व्यवसायीलाई आपत्ति छैन ।’ तर, वार्षिक रूपमा गरिने भाडादर समायोजन पनि नियमित रूपमा गर्नुपर्ने उनको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu