एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै
बैठक बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए। उनका अनुसार बैठकमा आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको रणनीति, समसायिक राजनीतिकलगायत विषयमा छलफल हुनेछ।
गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले नै यही पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो।
एमालेका सचिव डा राजन भट्टराईले यसपटकको केन्द्रीय कमिटी बैठक प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुने भएकाले केन्द्रीय सदस्य मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्यविभाजन यो बैठकले नगर्ने बताए।