Connect with us
Kapilvast Forest

हेटौँडास्थित राप्ती खोलामा मृत भेटिइन् सुत्केरी

२०८२, २८ पुष सोमबारमा प्रकाशित

काठमाडौँ –

मकवानपुरको हेटौँडास्थित राप्ती खोलामा डुबेर एक महिला मृत फेला परेकी छन्।हेटौँडा उपमहानगरपालिका–१२, भोर्ले स्थित माइती आएकी काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-८ घर भएकी ३७ वर्षीया मिलन स्याङ्तान मृत अवस्थामा फेला परेकी हुन्।एक महिनाको शिशु छोडी माइती घरबाट निस्किएपछि स्याङ्तान सम्पर्कविहीन भएकी थिइन्।
खोजी गर्दा आइतबार दिउँसो माइती घरबाट करिब तीन किलोमिटर पश्चिमतर्फ आपधाप नजिकै राप्ती खोलामा डुबेको अवस्थामा उनको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।हेटौँडा अस्पतालमा पोष्टमार्टमपछि उनको शव शव जेठाजु चिजबहादुर तामाङले बुझेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu