Connect with us
Kapilvast Forest

कांग्रेस केन्द्रीय समिति बैठक १ बजेका लागि सर्‍यो

२०८२, २९ पुष मंगलवारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ ।मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागिता हुन आह्वान गरिएको छ ।महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । जसका कारण कांग्रेसभित्र विवाद उत्कर्षमा पुगेको छ ।

विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरू केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने बताएका छन् ।विवाद समाधानका लागि अहिले बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्ष टोलीबीच वार्ता जारी छ ।संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu