Connect with us
Kapilvast Forest

माघी मेलामा निशुल्क आँखा शिविर र शिक्षक सम्मान 

२०८२, २ माघ बिहीबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-

कपिलवस्तुको सबैभन्दा ठूलो माघी मेलाका रूपमा परिचित उमरी मेला पछिल्ला वर्षहरूमा झनै चर्चित बन्दै गएको छ। जिल्लाको शिवराज नगरपालिका–१, उमरी गाउँस्थित थारु संग्रहालय परिसरमा विगत पाँच वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको मेला यस वर्ष पनि निरन्तरता पाउने भएको छ।

थारु कल्याणकारी सभा शिवराज नगरपालिकाका नगर अध्यक्ष प्रकाश चौधरीका अनुसार यस वर्षको माघी मेलामा निःशुल्क आँखा शिविर सञ्चालन गरिनेछ भने थारु समुदायबाट शिक्षक बनेका व्यक्तिहरूलाई सम्मान गरिने कार्यक्रम तय गरिएको छ। थारु वृद्धवृद्धाहरूमा आँखासम्बन्धी समस्या बढी देखिने भएकाले उनीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै औषधि उपचारको व्यवस्था गरिएको चौधरीले जानकारी दिनुभयो।

माघी मेलामा थारु समुदायका स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन लगायतका विभिन्न आकर्षण रहने थारु अगुवा हरिप्रसाद चौधरीले बताउनुभयो। मेलाले थारु संस्कृति, कला र पहिचानलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।

थारुहरूको छुट्टै पहिचान, परम्परा र संस्कृतिसँग जोडिएको माघी मेलाले समुदायभित्र सद्भाव, एकता र आपसी मेलमिलाप कायम गर्न सहयोग पुर्‍याउने थारु अगुवा सुरेन्द्रप्रसाद चौधरीले बताउनुभयो।
त्यसैगरी मेलामा विभिन्न किसिमका व्यापारिक स्टल, झुला तथा खेलकुदका सामग्रीहरू समेत प्रदर्शनका लागि राखिने सुरेश थारुले जानकारी दिनुभयो।

स्थानीय उत्पादन, संस्कृति र मनोरञ्जनलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिने उमरी माघी मेलाले यस वर्ष पनि ठूलो संख्यामा दर्शक र सहभागीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu