Connect with us
Kapilvast Forest

सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा पाँच कामदारको मृत्यु

२०८२, २ माघ बिहीबारमा प्रकाशित

काठमाडौं –

सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–८ स्थित सोनीयाहीमा ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको छ।मार्बल बोकेर विराटनगरबाट राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहीबार बिहान साढे ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको हो।

ज्यान गुमाउनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ र २८ वर्षीय निशु गुरुङ र चद्र गुरुङ रहेका छन्। उनीहरू एकै गाउँका हुन्। ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदारको मार्बलले नै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार अगाडि बसेका पाँच जनामध्ये तीन जना सामान्य घाइते भएका छन्। उनीहरूको विराट नरसिंह होममा उपचार भइरहेको छ। । चालक भने फरार छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu