Connect with us
Kapilvast Forest

अलिकको गोलमा मछिन्द्रको विजयी सुरुवात

२०८२, ४ माघ शनिबारमा प्रकाशित

काठमाडौ –
अलिक श्रेष्ठको निर्णायक गोलमा मछिन्द्र फुटबल क्लबले राजधानीमा जारी राष्ट्रिय लिग फुटबलमा विजय सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शुक्रबार साँझ सम्पन्न खेलमा मछिन्द्रले न्युरोड टिम (एनआरटी) लाई १-० ले स्तब्ध बनाएको हो।
पहिलो हाफमा दुवैतर्फबाट कुनै गोल नभए पनि दोस्रो हाफमा भएको एक मात्र गोलको मद्दतमा मछिन्द्रले खेलमा बाजी मार्‍यो। यसका कारण पहिलो खेलमै ३ अक बटुल्न सफल भयो। खेलको ६३औं मिनेटमा मछिन्द्रका लागि श्रेष्ठले निर्णायक गोल गरे।

राष्ट्रिय लिग फुटबलमा अहिलेसम्म २ वटा खेल बराबरीमा सकिएको  छ। बिहीबार सातदोबाटो युथ क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।बराबरीपछि सातदोबाटो र संकटाले १-१ अंक जोडेको छ।  यसअघि पहिलो दिन बुधबार चर्च ब्वाइज युनाइटेड र श्री भगवतीले १–१ को बराबरी खेलेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu