Connect with us
Kapilvast Forest

थाइल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

२०८२, ५ माघ आईतवारमा प्रकाशित

काठमाडौं –

आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेको छ ।थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ ।

समूह चरणको शीर्ष ३ मा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष ४ मा पर्नुपर्नेछ । शीर्ष ४ मा पर्ने टोली विश्‍वकपमा पुग्ने प्रावधान छ ।नेपाललाई घरेलु मैदानमै खेलेर यो इतिहास रच्ने अवसर छ ।

नेपालको प्लेइङ ११ : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, कविता जोशी, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ

थाइल्यान्डको प्लेइङ ११ : नारुमोल चाइवाइ, अफिसरा सुवानचोनराथी, नथाकन चन्थम, नानपत कोन्चारोन्काइ, चनिदा सुथिराङ, फनिता माया, सुलीपर्न लाओमी, ओनिचा काम्चोम्फु, सुनिदा चतुरोङरताना, थिपाथ्चा पुथावोङ, सुआनन खियोटो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu