Connect with us
Kapilvast Forest

मौरी किसान संघ कपिलवस्तुको बनभोज

२०८२, ५ माघ आईतवारमा प्रकाशित

कपिलवस्तु — मौरी किसान संघ कपिलवस्तुको बैठक तथा बृहत् बनभोज कार्यक्रम वाणगंगा नगरपालिका–खारखानीमा सम्पन्न भएको छ।
कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष नन्दराम पौडेल, संस्थापक अध्यक्ष अर्जुन पोखरेल, प्रदेश सचिव लिलापति घिमिरे र प्रदेश सदस्य जयलाल भण्डारीले मौरी पालन क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे चर्चा गर्नुभएको थियो।

वक्ताहरूले मौरी पालन कृषकलाई प्राविधिक ज्ञान, तालिम र सहकार्यको आवश्यकता रहेकोमा जोड दिनुभयो।
बैठकले आगामी योजनाका रूपमा मौरी विज्ञहरूलाई आमन्त्रण गरी प्राविधिक तालिम तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, जिल्लामा मौरी कृषकको संख्या बढाउने, नयाँ कृषकलाई मौरी पालनतर्फ आकर्षित गर्ने र संघको संगठन विस्तार सुदृढ बनाउने निर्णय गरेको छ।

साथै, मौरी पालन व्यवसायलाई किसानको दिगो आयआर्जनको प्रमुख स्रोतका रूपमा विकास गर्ने र अनुभव आदान–प्रदानलाई निरन्तरता दिने विषयमा सहमति भएको छ।

कार्यक्रमको अध्यक्षता संघका नवनिर्वाचित अध्यक्ष माधव पौडेलले गर्नुभएको थियो। अध्यक्ष पौडेलले मौरी पालनलाई वैज्ञानिक, व्यवस्थित र व्यवसायिक बनाउँदै किसानको आयसँग जोड्न संघ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन जिल्ला सचिव कृष्णप्रसाद आचार्यले गर्नुभएको थियो।
सहभागीहरूले कार्यक्रमले मौरी कृषकहरूबीच आपसी एकता, सहकार्य र संगठनात्मक मजबुतीमा थप बल पुगेको बताए। यसै क्रममा संघको समीक्षा बैठक, १४औँ साधारण सभा तथा ७औँ अधिवेशन पनि सम्पन्न भएको जनाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu