Connect with us
Kapilvast Forest

रास्वपाले उम्मेदवारको टुंगो लगाउँदै, कहाँ को उठ्दैछन्

२०८२, ५ माघ आईतवारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट गर्दा पदाधिकारी, पूर्वसांसद र प्रदेश सभापतिलाई प्राथमिकतामा राख्ने राख्ने भएको छ ।प्रदेश सभापतिमा सुदूरपश्चिमका सभापति प्रकाश विष्टले उम्मेदावर हुन इच्छुक नभएको रास्वपा नेताहरुले जानकारी गराएका छन् । प्रमुख नेताहरुले प्रतिस्वर्धा गर्ने क्षेत्रको निश्चित गरिएको छ ।उपसभापति डा.स्वर्णिम वाग्ले अघिल्लोपटककै क्षेत्र तनहुँ-१ मा उम्मेदवार हुने भएका छन् । गत निर्वाचनमा समानुपातिक सांसद बनेका अर्का उपसभापति डीपी अर्याल काठमाडौं-९ बाट उम्मेदवार बन्ने भएका छन् ।

सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिकबाट नाम फिर्ता लिएर काठमाडौं-२ बाट उम्मेदवार बन्ने भएका छन् । यस क्षेत्रमा अघिल्लो चुनावमा निर्वाचित सोविता गौतम चितवन–३ को उम्मेदवार हुने भएकी छन् ।शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठले यसअघि जितेकै क्षेत्रमा दोहोरिएर उम्मेदवार हुन लागेका छन् । काठमाडौं- ६ मा खनाल, ७ मा पराजुली र ८ मा श्रेष्ठ उम्मेदवार हुने निश्चित भएको छ । अघिल्लो निर्वाचनमा काठमाडौं–१० मा उम्मेदवार बनेको जिल्ला सभापति प्रदीप विष्ट यसै क्षेत्रमा प्रतिस्पर्धी हुने टुंगो लागेको छ ।

चितवन-१ मा हरी ढकाल, कञ्चनपुर-२ मा दीपक बोहरा उम्मेदवार हुने टुंगो लागेको छ । भक्तपुर-२ मा पूर्वसञ्चारकर्मी राजीव खत्री उम्मेदवार हुने चर्चा छ ।रास्वपाका नेताहरुले दिएको जानकारी अनुसार हिमाली क्षेत्रको आइतबार बिहान र अन्य सबै क्षेत्रको दिउँसो उम्मेदवार टुंगो लगाउने गरी तयारी भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu