अमेरिकी अर्थमन्त्रीको दाबी, भारतले रुसबाट तेल किन्न बन्द गरिसक्यो
अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकाले २५ प्रतिशत कर लगाएपछि भारतले रुसबाट तेल किन्न बन्द गरेको बताएका छन्। स्विट्जरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको बैठकमा बसेन्टले यस्तो दाबी गरेका हुन्।
भारतले रुसबाट ठूलो मात्रामा तेल आयात गर्दै आएको छ, तर अमेरिकी भन्सार शुल्क पछि सार्वजनिक भएका तथ्यांकहरुले रुसबाट भारतको तेल आयातमा उल्लेखनीय गिरावट आएको देखाएको छ।
सेम्बर र जनवरीमा रूसबाट भारतीय तेल आयातमा तीव्र गिरावट आएको छ। यद्यपि भारतले भन आफ्नो १.४ अर्ब जनसंख्याको लागि किफायती दरमा कच्चा तेल किन्ने गरेको बताउँदै आएको छ।