Connect with us
Kapilvast Forest

विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश

२०८२, ११ माघ शनिबारमा प्रकाशित

काठमाडौं –

विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनलाई शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

अग्रवाललाई ओलीले खादा र टिका लगाएर पार्टीमा प्रवेश गराए ।अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पनि गरेको थियो । सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित कसुरमा  पक्राउ गरेको थियो ।

उनीमाथि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । करिब १० दिनको हिरासतको अनुसन्धानपछि उनी हाजिर जमानीमा रिहा भएका थिए ।अग्रवालले सस्तोमा सेयर खरिद गर्ने गलत प्रचारप्रचार गरी मूल्य बढाइ बिक्री गर्ने गर्दै आएका थिए ।उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्‍याउने भन्दै झुट्टा आश्वासन दिने गर्थे ।सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्थे । सोही विषयमा बोर्डमा उजुरी परेपछि अध्ययन गरेको थियो । बोर्डको अध्ययनले पनि अग्रवालले झुटा कारोबार गर्ने गरेको ठहर गरेको थियो ।

अग्रवालले सेयर बजारमा गरेका झुटा कारोबार तथा भ्रामक सूचना फैलाएर सेयर मूल्य बढाउने विषय र सेयर मूल्य बढाउन सामाजिक सञ्जाल प्रयोग गरेको विषयमा अनलाइनखबरले निरन्तर समाचार लेख्दै आएको थियो ।अग्रवालले अन्य व्यक्तिका कारोबार खाता पनि आफैं चलाउने र धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने पैसाका सन्दर्भमा अनेक लफडा गरेर भुक्तानी नदिने गरेका थिए ।त्यस्तै आफैंले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्स्फर गर्नेसमेत काम गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj