Connect with us
Kapilvast Forest

अवधी पत्रकार संघ कपिलवस्तुको चौथो जिल्ला साधारण सभा सम्पन्न

२०८२, ११ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु –
अवधी पत्रकार संघ कपिलवस्तु शाखाको चौथो जिल्ला साधारण सभा मनीष गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ । जिल्लाको बहादुरगंजमा रहेको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु कृष्णनगर शाखाको भवनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले कृष्णनगर नगरपालिकाले हालसम्म उल्लेखनीय विकास र जनमुखी कामहरू गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले मिडियाकर्मीहरूले दिने सुझाव र सल्लाहलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै समाज कल्याणका लागि आवश्यक सुधारका कार्यहरू निरन्तर अघि बढाइने स्पष्ट पार्नुभएको थियो ।
नागरिकहरूले आफ्ना अधिकारको खोजी गर्नु स्वाभाविक र जायज भएको बताउँदै अधिकारसँगै कर्तव्यको निर्वाह पनि उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गर्दै शिक्षा क्षेत्रमा दरबन्दी वितरणमा रहेको असमानताप्रति ध्यानाकर्षण गराउँदै त्यसका कारण तराई क्षेत्रमा विद्यार्थीको अनुपातअनुसार शिक्षकको संख्या न्यून रहेको समस्यालाई औँल्याउनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा उहाँले साधारण सभा सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक अवधी पत्रकार संघ कपिलवस्तु शाखालाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी अतिथिहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो भने साखा सचिव बृजेश यादव लाई नगत सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्लाका सकृय पत्रकारहरुको समेत सहभागिता रहेको थियो । संस्था का अध्यक्ष मनिष कुमार गुप्ताको अध्यक्षता , कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन संस्थाका जिल्ला सचिव बृजेश यादवले गर्नुभएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu