Connect with us
Kapilvast Forest

“अस्मिता युवा पुस्ताबीच सर्वाधिक लोकप्रिय उम्मेदवार”

२०८२, ११ माघ शनिबारमा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद यज्ञराज सुनुवारले ओखलढुंगाबाट प्रतिनिधिसभाको उम्मेदवार रहेकी नेतृ अस्मिता थापा जिल्लाको हकमा युवा पुस्ताका बीचमा सर्वाधिक लोकप्रिय उम्मेदवार रहेको दाबी गरेका छन् ।

उनले सधैं एउटै व्यक्तिले अवसर पाउने कुरा एमालेजस्तो पार्टीमा असम्भव रहेको भन्दै हिजो एमालेले महत्वपूर्ण जिम्मेवारीमा पुर्याएका कतिपय व्यक्तिको कर्म र अभिव्यक्तिबाट भने आफूहरु अचम्मा परेको टिप्पणी गरेका छन् । सुनुवारले आज एक अपिल जारी गर्दै अनेकौं षड्यन्त्रका बीच एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने निश्चित रहेको पनि दाबी गरेका छन् ।

वक्तव्य

नेकपा एमाले ओखलढुंगा यतिबेला आगामी फाल्गुन २१ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनमा ऐतिहासिक विजयको लक्ष्य सहित अघि बढी रहेको छ ।यतिबेला हाम्रो विजयी यात्रालाई रोक्न भित्र अनि वाहिरवाट अनेकन षड्यन्त्र भईरहेका छन् ।

हाम्रो पार्टीले यस निर्वाचनमा पहिलो पटक एक जना शशक्त महिला,युवा उम्मेदवार कमरेड अस्मिता थापालाई अघि सारेको सर्वविदितै छ।उहाँ ,ओखलढुंगा जिल्लाको हकमा युवा पुस्ताका विचमा सर्वाधिक लोकप्रिय उम्मेदवारका रुपमा हामीले बुझेका छौ ।

यस विचमा आफ्नो दायित्वलाई भुलेर नेकपा एमालेले हिजो महत्त्वपूर्ण जिम्मेवारीमा पुर्यायको कतिपय ब्यक्तिवाट भएका कर्म र अभिव्यक्तिवाट हामी अचम्मित भएका छौ । सधैं एउटै ब्यक्तिले अवसरहरु पाई रहने कुरा हाम्रो जस्तो पार्टीमा असम्भव छ।

पार्टीले लिएको राष्ट्रियता प्रतिको चट्टानी अडान ,लोक कल्याणकारी राज्यको परिकल्पना ,देशको सन्तुलित विकास अनि सुशासन र ओखलढुंगाको विकासका लागि हामीले गरेको योगदानको विषयलाई स्थापित गर्दै सयौं कार्यकर्ताहरु हजारौं मतदाताको विचमा पुगी रहनु भएको छ।

निस्वार्थभावले खटी रहनु भएका सम्पुर्ण कमरेडहरुमा उच्च सम्मान ब्यक्त गर्दै कुनै भ्रम र होहल्ला वाट विचलित नभई आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निवाचनमा आम ओखलढुंगावासी मतदातालाई इतिहास रच्ने कार्यमा सरिक हुन हार्दिक अनुरोध गर्दछु।अनेकौं षड्यन्त्रका विच नेकपा एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने निश्चित छ।
-हाम्रो यात्रा जारी छ।
-नेकपा एमाले -जिन्दावाद ।
– यज्ञराज सुनुवार ,केन्द्रीय कमिटी सदस्य ,ओखलढुंगा इन्चार्ज ,२०८२,माघ १०,माम्खा,ओखलढुंगा ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu