Connect with us
Kapilvast Forest

बालहंस साङ्गवेद स्वर्गद्वारी आश्रमको २६ औं वार्षिक साधारण सभा सम्पन्न

२०८२, ११ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका–४, खरेन्द्रपुरस्थित बालहंस साङ्गवेद स्वर्गद्वारी आश्रमको २६ औं वार्षिक साधारण सभा तथा अभिभावक भेला शनिबार भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले दीप प्रज्वलन गरी सभाको समुद्घाटन गर्नुभयो।

​प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नगर प्रमुख अजय थापाले समाजमा भौतिक विकास मात्र पर्याप्त नहुने र आध्यात्मिक चेतना बिनाको मानव जीवन अपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो । ​”हामीले सडक, पुल र भौतिक संरचना त बनाउँछौँ, तर हाम्रा बालबालिकालाई संस्कार सिकाएनौँ भने त्यो विकासको अर्थ रहँदैन। बालहंस साङ्गवेद आश्रमले गाई, गायत्री र गीताको संरक्षण गर्दै विद्यार्थीहरूलाई जुन संस्कृत शिक्षा दिइरहेको छ, त्यो वास्तवमै प्रशंसनीय छ। नगरभित्रका यस्ता धार्मिक र शैक्षिक धरोहरहरूको संरक्षणका लागि नगरपालिका सधैं साथमा रहनेछ। ​नगर प्रमुख थापाले परम्परागत शिक्षालाई आधुनिक प्रविधिसँग जोड्दै लैजानुपर्नेमा समेत जोड दिनुभयो।

​सभामा आश्रमका अध्यक्ष चुरामणी पोख्रेलले संस्थाको वार्षिक प्रगति र आर्थिक पारदर्शिता झल्किने प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले आर्थिक वर्षको रु. ४६ लाख ७२ हजार ४ सय ५४ बराबरको आय-व्यय विवरण सार्वजनिक गर्दै आश्रमको दिगो व्यवस्थापनका लागि रु. २१ लाखको अक्षय कोष सुरक्षित रहेको जानकारी दिनुभयो।
​स्वर्गद्वारी महाप्रभुको तपोभूमिको महिमा बोकेको यस आश्रमले कपिलवस्तु र वरपरका क्षेत्रमा आध्यात्मिक जागरण फैलाउँदै आएको छ। अभिभावक भेलामा उपस्थित भक्तजन तथा अभिभावकहरूले आश्रमको चौतर्फी विकासका लागि सामूहिक प्रतिबद्धता जनाएका थिए। ​सभामा प्युठान स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारी गुरु, शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पुर्ण बहादुर बि.क लगाएत अतिथिहरुको बाक्लो उपस्तिथि रहेको कार्यक्रममा आश्रमका विद्यार्थीहरूले स्वस्ति वाचन र मंगलाचरण प्रस्तुत गरी कार्यक्रमको धार्मिक गरिमा बढाएका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी र धार्मिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यसै बिच सभाले ८ जना मुल समिती सद्स्यमा चयन गरेको छ । जस अन्तरगत सुरज खासु, केशर मरतरा ,दिनेश भट्टराई , राजकुमार न्यौपाने,रेनुका कोइराला , अनिता आचार्य, बब्लू जैस्‌वाललाई चयन गरि २१ सदस्यीय समिती गठन गरिएको पोख्रेलले जानकारी दिनु भयो । आगामी दिन आउदै गरेको महा शिवरात्री पर्वको अबसरमा यो विविध सास्कृतिक कार्यक्रम अन्य वर्ष भन्दा फरक तरिकाले आयोजना गरिने समेत निर्णय गरिएको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu