Connect with us
Kapilvast Forest

सरकारलाई ५२ जनाले तिरेनन् १ अर्ब ९१ करोड, तीनपुस्ते सार्वजनिक

२०८२, १२ माघ आईतवारमा प्रकाशित

काठमाडौं –
 सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ।यो विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरी लगायत छन्।महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण आज सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा ब्याज तिर्न भनेको छ। अन्यथा उनीहरुको चल अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोमिज असुल उपर गर्ने चेतावनी दिइएको छ।
५२ जनाले सरकारलाई एक अर्ब, एकान्ब्बे करोड, सतहत्तर लाख, छब्बीस हजार, छ सय एकहत्तर रुपैयाँ तिरेका छैनन्। सबैभन्दा धेरै भारतीय नागरिक राकेश वाधवाले एक अर्ब, पाँच करोड, उनान्असी लाख, एक हजार, तीन सय तीस रुपैयाँ तिर्न बाँकी रहेको छ। राकेशको रिक्रियसन सेन्टरले सोल्टी, अन्नपूर्ण, हायात, एभरेस्टलगायत होटेलमा विभिन्न चरणमा क्यासिनो सञ्चालन गरेको छ।  तेह्र हजार तिर्ने पर्साका प्रभुप्रसादको नाममा बक्यौता छ।

सार्वजनिक सूचनामा लेखिएअनुसार सरकारी रकम तिर्न बाँकी हुनेहरुको लगत कायम गरी उनीहरुको नाम वेबसाइटमा राखेर रकम बुझाउन आउन भनी विगतका वर्षहरुमा पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। साथै घर ठेगानामामा पत्राचार गरी उपस्थित हुन भनिएको थियो। सो सूचना र प्रयासका बाबजुद पनि सरकारी रकम बाँकी हुनेहरुबाट रकम बुझाउने काम नभएकाले बाध्य भएर तीनपुस्ते विवरण प्रकाशित गरिएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ।

नतिर्नेको नाम
2026-01-25-12-15-01-2082-10-11-3-1769312232.jpg

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu