Connect with us
Kapilvast Forest

रास्वपाका उपत्यकाभित्रका उम्मेदवारसँग बालेनको छलफल

२०८२, १२ माघ आईतवारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०ले प्रतिनिधिसभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरूसँग छलफल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता शाहले चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गरेका हुन् ।बालेनले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिएको भेटमा संलग्न नेताहरूले बताएका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले चुनावी अभियानबारे नेता शाहले जानकारी लिएको बताइन् ।

‘उहाँले हामीहरूसँग अपडेट लिनुभएको हो । अर्को, चुनावी रणनीतिको बारेमा थोरै छलफल भयो । उहाँले स्पष्ट रुपमा भन्नुभएको छ–सरकार हाम्रो बन्दैछ । ढुक्क भएर जनताको घर(घरमा जानुस्, समस्या सुन्नुस् भन्नुभयो, ‘ भेटपछि कार्कीले भनिनन् ।अर्की उम्मेदवार रञ्जु दर्शनाले पनि चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिइन् । ‘उहाँले ढुक्क भएर आफ्नो चुनावी क्याम्पेङ गरेर अगाडि बढ्नुस् भन्नुभयो । अन्य चुनावी रणनीतिको बारेमा पनि केही छलफल भयो’ उनले भनिन् ।

त्यस्तै अर्का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन नेता शाहसँग भेट गरिएको बताए । उनले पनि भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गरे । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । शाहले भने झापा-५ बाट उम्मेदवारी दिएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu