Connect with us
Kapilvast Forest

दाङको पहिचान बन्दै बधिया भाले, फस्टाउँदै व्यापार

२०८२, १४ माघ मंगलवारमा प्रकाशित

घोराही –

घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भाले पालन हो । उनको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उनी बताउँछिन् ।‘स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ’, उनले भनिन्,’यो सीप सिकेपछि मैले आफैं यो विधिको सुरुआत गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ ।’ बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको उनी बताउँछिन् ।

दङ्गाली पोल्टी फार्म दर्ता गरेर बधिया भाले पाल्दै आएकी जानकीको आम्दानीको मुख्य स्रोत नै यही बनेको छ । उनलाई श्रीमानको पनि सहयोग मिलेको छ ।‘बधिया भालेको व्यावसायिक पालनबाट राम्रो आम्दानी पनि हुँदै आइरहेको छ, त्यसकारण विगत लामो सयमदेखि निरन्तरता दिँदै आइरहेका छौँ’, उनले भनिन्, ‘सबै काम आफैँले जानेपछि पछिल्लो समय झन् सहज भएको छ, बिक्रीका लागि पनि कुनै समस्या छैन ।’व्यवसायिक रुपमा बधिया भाले पालन गरेका अर्का कृषक हुन्, किसान चौधरी । उनले आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भोले पालन गर्दै आएका छन् । आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजना रहेको उनले सुनाए ।

अहिले पनि ६० बढी फार्ममा भाले रहेको उनी बताउँछन् । एउटा भालेलाई तीन हजार बढी पर्ने उनको भनाइ छ । बधिया भाले सामान्यतया दुई, साढे दुई किलोको हुने गर्छ ।उनले यो व्यवसायबाट वार्षिक रूपमा चारदेखि ६ लाखको कारोबार गर्ने र घरखर्च चलाएर आधा रकम बचत हुँदै आएको बताए । उनले साना भाले किनेर पाल्छन् । यसका लागि लोकल कुखुरा पाल्ने स्थानीय किसानसँग सम्पर्क गर्दै आएका छन् । यसरी किनेका भाले चार महिनापछि बधिया बनाउने गर्दै आएका छन् ।

खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बधिया भाले पाल्न सहज हुने उनी बताउँछन् । सजिलो र कम लगानीमा गर्न सकिने भएकाले यो आकर्षक व्यवसाय बनेको छ ।किसान चौधरीले भाले सहज रूपमा बिक्री हुने गरेको बताए । अघिपछिभन्दा चाडपर्वको समयमा बधिया भालेको झन् धेरै माग आउने गरेको उनको भनाइ छ ।

‘साना चल्ला हुर्काएर, बधिया बनाएर बेच्दा दोब्बर मूल्य पाउन सकिन्छ’, उनले भने, ‘यो व्यवसाय गरेदेखि आयआर्जनका लागि अन्य काम खोज्नुपरेको छैन ।’ उनले उत्पादन गरेको बधियो भाले काठमाडौँ, पोखरालगायतका ठाउँसम्म पुग्ने गरेको छ ।जानकी र किसान मात्र होइन जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन् । बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu