Connect with us
Kapilvast Forest

आन्तरिक उडान ठप्प, विदेशबाट आएका विमान घुमेको घुम्यै

२०८२, १६ माघ बिहीबारमा प्रकाशित

काठमाडौं –
काठमाडौं उपत्यकासहित तराई मधेशमा बाक्लो हुस्सु र कुहिरोले हवाइ उडान प्रभावित भएको छ। हुस्सु कुहिरोले कमजोर भिजिबिलिटी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ। भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरुमा आज बिहानका उडान डिले भएका छन्। अर्न्तराष्ट्रियतर्फका केही जहाज डाइभर्ट गरिएको छ। विमानस्थल प्रशासनका अनुसार कुवेतबाट आएको जजिरा एयर र यूएईको सारजाहबाट आएको एयर इन्डियाको विमान भारतको लखनउ डाइभर्ट गरिएको छ।
भुटानको पारोबाट आएको ड्रुक एयर, दुबइ र दोहाबाट आएका हिमालय एयरलाइन्सका दुई विमान, दुबइबाटै आएको फ्लाइ दुबइ, कतार एयरवेज आकाशमै होल्ड गरिएका छन्। उनीहरुले आकाशमै दशभन्दा धेरै फन्को मार्दा पनि अवतरण गर्न पाएका छैनन्। विमानस्थल प्रशासनका अनुसार बाक्लो हुस्सुका कारण विमान अवतरण गराउन सकिने अवस्था तत्काल देखिएको छैन।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu