जनावरका लागि बनाइएको चिडियाखानामा मन्त्रीको आवास
काठमाडौं –
चिडियाखाना भनेकै चराचुरुंगी र जंगली जीवजन्तु राखिने घर हो। मानिस बसोबास गर्ने थलो होइन। चिडियाखाना प्रकृतिको एक सानो नमुना हो। चिडियाखानाको परिसरमा तिनै जीवजन्तु र चराचुरुंगीलाई स्याहार गर्ने, सुरक्षा गर्ने र पालनपोषण गर्ने कर्मचारी बस्न सक्छन्। तर सरकारी अधिकारी वा पदाधिकारीको निवास चिडियाखाना हुन सक्दैन।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चाहिँ हालका वनमन्त्री माधव चौलागाईंको बसोबास छ। जेन—जी आन्दोलनमा जलेको हुँदा मन्त्री क्वार्टर छैन। तर उनलाई अहिले त्यहीँ राखिएको छ। मन्त्रीको आवास चिडियाखानामा उनी आफैंले बनाएका होइनन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट उनलाई बन्दोबस्ती मिलाइएको हो।