Connect with us
Kapilvast Forest

निर्वाचनकेन्द्रित बन्यो सरकारी खर्च

२०८२, १८ माघ शनिबारमा प्रकाशित

money

चालू आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमास (कात्तिकदेखि पुससम्म)को सरकारी खर्च निर्वाचनकेन्द्रित बनेको छ । हालसम्म निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयका लागि १९ अर्ब सात करोड रुपैयाँबराबर स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार स्रोत सहमति पाएको छ भने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चार करोड ३१ लाख ७९ हजार निकासा भइसकेको छ । त्यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि ६ अर्ब ३१ करोड निकासासमेत भइसकेको अर्थले जनाएको छ । १८ कात्तिकमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई चार अर्ब ९६ करोड ६६ लाख सहमति दिइएको थियो । २० मंसिरमा एक अर्ब ७७ करोड ९० हजार गरी कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजारको स्रोत सहमति प्रदान गरिएको मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय सभाका लागि निर्वाचन आयोगलाई १२ मंसिरमा चार करोड ३१ लाख ७९ हजार स्रोत सहमति प्रदान गरिएकोमा सो रकम निकासासमेत भइसकेको अर्थले जनाएको छ ।

निर्वाचन सुरक्षा प्रयोजनका लागि अर्थ मन्त्रालयले सुरक्षा संयन्त्रलाई स्रोत सहमति दिइसकेको छ । गृह मन्त्रालय र यसअन्तर्गतका निकायका लागि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि १० अर्ब ३९ करोड ३४ लाख ८० हजार स्रोत सहमति प्रदान गरिएको अर्थले जानकारी दिएको छ । त्यस्तै, नेपाली सेनालाई प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि २० पुसमा चालू खर्चतर्फ एक अर्ब ९४ करोड ६८ लाख ५५ हजार स्रोत सहमति प्रदान गरिएको मन्त्रालयको तथ्यांक छ । १३ कात्तिकमा राष्ट्रिय अनुसन्धान विभागलाई दुई करोड ८० लाख स्रोत सहमति प्रदान गरिएको र नेपाली सेनालाई सुरक्षा उपकरण खरिदका लागि २४ मंसिरमा चार करोड ४२ लाख ५० हजार स्रोत सहमति प्रदान गरिएको थियो ।

 पुँजीगत खर्च घट्यो

चालूतर्फ  : गत आर्थिक वर्ष ०८१/०८२को तुलनामा यस आर्थिक वर्षको सोही अवधिसम्ममा ३.३५ प्रतिशतले बढी खर्च भएको अर्थ मन्त्रालयको तथ्यांक ।

पुँजीगततर्फ : गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको सोही अवधिसम्ममा ४.८६ प्रतिशतले खर्च घटेको छ ।

वित्तीय व्यवस्थातर्फ : गत आर्थिक वर्षको साउन महिनादेखि असोज मसान्तसम्मको तुलनामा यस आर्थिक वर्षको सोही अवधिसम्ममा ५३.२९ प्रतिशतले खर्च वृद्धि भएको छ ।

सरकार निर्वाचनकेन्द्रित हुँदा विकास निर्माणकेन्द्रित पुँजीगत खर्च भने खस्किएको छ । गत आवको पहिलो ६ महिनाको तुलनामा यसपालि पुँजीगत खर्च घटेको हो । चालू आवको ६ महिनामा ४७ अर्ब ५४ करोड मात्रै पुँजीगत खर्च भएको छ । जबकि, गत आवको सोही अवधिमा ५८ अर्ब १८ करोड पुँजीगत खर्च थियो ।

समग्रमा चालू आवको पुससम्ममा सरकारी खर्च नौ खर्ब चार अर्ब ६४ करोड ४३ लाख रुपैयाँ छ । यो गत आवको खर्च हालको तुलनामा १०.७५ प्रतिशतले बढी हो । चालूतर्फ चार खर्ब ८२ अर्ब १० करोड खर्च भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३.३५ प्रतिशतले बढी हो । गत वर्ष पुससम्ममा चार खर्ब २७ अर्ब ४२ करोड मात्रै थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu