डिजेल र मट्टीतेलको मूल्य बढ्यो
नेपाल आयल निगमनले डिजेल र मट्टीतेलको मूल्य बृद्धि गरेको छ। भारतबाट भाउ बढेर आएकाले बढाउनुपरेको निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले बढाइएको छ। पेट्रोलको मूल्य भने यथावत् छ।भारतबाट एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ४५ रुपैयाँ ४० पैसा बढेर आए पनि नेपालमा मूल्य यथावत् राखिएको निगमले जनाएको छ।
