Connect with us
Kapilvast Forest

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

२०८२, १९ माघ आईतवारमा प्रकाशित

काठमाडौं

गाजामा इजरायली सेनाको हवाई हमलामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजाको स्थानीय प्रशासनले उक्त जानकारी दिएको हो ।हमासको सिभिल डिफेन्स एजेन्सीका अनुसार शनिबार भएको पछिल्लो हमलामा मारिएकाहरुमध्ये महिला र बालबालिका पनि रहेका छन् । एजेन्सीले खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसिरहेका टेन्टहरूमा हेलिकोप्टरबाट आक्रमण गरिएको दाबी गरेको छ ।

प्यालेस्टिनी पक्षले यस आक्रमणलाई यस महिनाको सुरुवातमा लागू भएको संघर्षविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो आक्रमण भएको जनाएको छ ।इसराइली सेनाले भने शुक्रबार ‘हमासतर्फबाट संघर्षविराम सम्झौता उल्लंघन’ गरिएको आरोप लगाउँदै त्यसको जवाफमा विभिन्न स्थानमा आक्रमण गरिएको पुष्टि गरेको छ । इसराइल र हमास दुवैले एक–अर्कामाथि संघर्षविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन् ।

इसराइल–हमासबीचको पछिल्लो द्वन्द्व ७ अक्टोबर २०२३ मा हमासका लडाकूहरूले इसराइलमा आक्रमण गरेपछि सुरु भएको थियो । ती आक्रमणमा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने हमासले २५१ जनालाई बन्धक बनाएको थियो ।हमासको स्वास्थ्य विभागका अनुसार त्यसपछि गाजामा इसरायलले चलाएको सैन्य अभियानमा ७१ हजार ६६० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विभागका अनुसार पछिल्लोपटक १० अक्टोबर २०२५ मा संघर्षविराम लागू भएयता कम्तीमा ५०९ प्यालेस्टिनी मारिएका छन् भने चार इजरायली सैनिकको पनि ज्यान गएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu