Connect with us
Kapilvast Forest

प्रत्यक्षतर्फको २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सकियो

२०८२, १९ माघ आईतवारमा प्रकाशित

काठमाडौं-

आगामी फागुनमा २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको ३० लाख मतपत्र छपाइ सकिएको छ ।निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, विभिन्न २५ जिल्लाका ३० लाख मतपत्रको छपाइ सकिएको हो ।‘२५ जिल्लाको ३० लाख मतपत्र प्रत्यक्षतर्फको छापेर सकिएको छ,’ आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने ।

उनका अनुसार, अब १ करोड ७० लाख मतपत्र छाप्न बाँकी छ । एक दिनमा १२ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको पनि उनले बताए ।यो संख्यामा मतपत्र छपाइ हुँदा तोकिएकै समयमा सकिनेगरी आयोगले काम अघि बढाएको उनले जानकारी दिए ।‘आफ्नो कार्यतालिका बमोजिमका कामहरू तोकिएको समयभित्रै सकिनेगरी लागेका छौं,’ प्रवक्ता भट्टराईले भने ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu