Connect with us
Kapilvast Forest

सप्तरी-३ मा उपेन्द्रलाई काकाभतिजको चुनौती

२०८२, २० माघ सोमबारमा प्रकाशित

सप्तरी –

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा यसपटक सप्तरी क्षेत्र नम्बर ३ पनि चर्चाको केन्द्रमा छ। त्यहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवदेखि एमालेबाट काका र रास्वपाबाट भतिजा उम्मेदवार बनेका छन्। सप्तरी सदरमुकाम राजविराजको आसपासदेखि दक्षिणतर्फ भारतीय सीमासम्म र उत्तरतर्फ चुरेसम्म फैलिएको क्षेत्र सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ। यस क्षेत्रमा कुल २२ जना उम्मेदवार रहेका छन्।

मतदाताका अनुसार चर्चामा रहेका प्रमुख उम्मेदवारहरूमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, अघिल्लो निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका दिनेशकुमार यादव, उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरी, रास्वपाबाट उनै चौधरीका सहोदर भतिजा अमरकान्त चौधरी, जनमत पार्टीका सुरेन्द्र मधेशी तथा नेकपाका अरूणकुमार साह लगायतका छन्।

सबै उम्मेदवारले आ–आफ्नो पक्षमा मतदाताको समर्थन रहेको दाबी गर्दै आएका छन् भने सबैका साझा चुनावी एजेन्डा विकास निर्माणदेखि संघीयता संस्थागत गर्नेसम्मका छन्। तर, निवर्तमान सांसदले आफूहरूले निर्धारित पाँच वर्षे कार्यकाल पूरा गर्न नपाएकाले जनताले आफूलाई नै पुनः विजयी गराउने दाबी गरेका छन्। रोचक पक्ष के छ भने, यहीं क्षेत्रबाट अघिल्लो निर्वाचनमा जसपा नेपालसँगको तालमेलमा निकटतम प्रतिस्पर्धी रहेका नेकपा (एमाले)का उम्मेदवार ताराकान्त चौधरीसँगै उहाँका सहोदर भतिजा अमरकान्त चौधरी पनि रास्वपाबाट यसपटक चुनावी मैदानमा उत्रिएका छन्।

यस्तै अघिल्लो निर्वाचनमा तेश्रो स्थान हासिल गरेका जनमत पार्टीबाट युवा नेता सुरेन्द्र मधेशी र नेकपाका अरूणकुमार साह पनि यसपटक सप्तरी–३ बाटै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यस निर्वाचनमा क्षेत्रमा ७४ मतदान स्थल रहेकोमा कुल १ सय ४४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। यहाँ महिला–पुरुष गरी कूल १ लाख ११ हजार ८ सय ७१ मतदाता छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu