तीन दिनमा ५२ हजार ७ सयले घट्यो नेपाली बजारमा सुन
काठमाडौं –
पछिल्लो तीन दिन यता सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ। तीनदिनमा सुन तोलामा ५२ हजार ७०० रुपैयाँले घटेको छ। सोही समयमा चाँदीमा २ हजार ३०५ रुपैयाँको गिरावट आएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भई ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ निरन्तर ओरालो लागेको हो।यस्तै, सोमबार चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबार प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएसँगै उच्च विन्दुमा पुगेको चाँदी लगातार गिरावट आएको हो।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।