Connect with us
Kapilvast Forest

प्रहरीलाई नागरिकहरूप्रति उत्तरदायी हुन महानिरीक्षक कार्कीको निर्देशन

२०८२, २१ माघ मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीलाई नागरिकहरूप्रति उत्तरदायी हुनका लागि निर्देशन दिनुभएको छ ।

कपिलवस्तुको चन्द्रौटा स्थित वडा प्रहरी कार्यालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गर्दै महानिरीक्षक कार्कीले नागरिकको सन्तुष्टि नै प्रहरीको जिम्मेवारी भएको बताउनुभयो ।

उहाले भन्नुभयो “यो सुविधा सम्पन्न एवं निर्माणसँगै प्रहरी कर्मचारीले सेवा विस्तारमा सहज र उत्प्रेरणा भएको छ । जनताको सेवामा २४ सै घण्टा खटिने प्रहरीको लागि यस्ता भौतिक संरचनाले सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मुलुकको संवेदनशील र भावी भविष्य भएकोले उनीहरूको सेवा सुविधाका लागि प्रहरी हरपल तयार रहेको धारणा राख्नुभयो ।

यस क्षेत्रका नागरिकहरूलाई सेवा वृद्धिका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

महानिरक्षक कार्कीले युएनओपिएसको सहयोगमा निर्माण भएको भवनको संरक्षण स्थानीयको भएको जोड दिनुभयो ।

संवेदनशील तथा जोखिममा रहेकाले महिला बालबालिका र जेष्ठ नागरिकलाई सेवा दिन सहज हुने धारण राख्नु भयो ।

प्रविधिमैत्री भौतिक संरचना निर्माणसँगै प्रहरीहरू पनि अब समय अनुकूल परिवर्तन हुन जरुरी रहेको बताउनुभयो ।
हिंसा र पीडितहरूका लागि आवश्यक सुविधा सम्प्पन्न यो भवनले समयानुकूल सेवा प्रदायकलाई सेवा पुर्याएको यहाले बताउनुभयो ।
राज्यले दिने सेवा तथा नागरिकको पहुँच बराबर हुन जरुरी रहेको बताउँदै महानिरीक्षक कार्कीले प्रहरी पनि नागरिक मैत्री हुन जरुरी रहेको सकल दर्जाका प्रहरीलाई निर्देशन समेत दिनुभयो ।

उहाँले मान्छे मानिसको बोलीमा नै रस हुने र मानिसको बलिमा नै विष हुने भन्दै सेवा प्रदायलाई पीडित मैत्रीभावना समानता र बराबर दृष्टिले न्याय दिनुपर्ने  धारणा व्यक्त गर्नुभयो ।
नेपाल प्रहरीको आदर्श वचन सत्य सेवा सुरक्षणममा ध्यान दिएर प्रहरीहरूले नागरिकप्रति व्यवहार गर्नुपर्ने उहाँको भनाइ थियो ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन शर्माले नागरिकहरू सेवा प्रहरीहरु नागरिकको सेवालाई मध्यनजर गर्दै सेवा प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रजिअ शर्माले कपिलवस्तु जस्तो क्षेत्रमा यस्ता भवन निर्माण हुनु आफैमा राम्रो पक्ष भएको बताउनुभयो ।

युएनओपिएस नेपालका कन्ट्री म्यानेजर कोमल कार्कीले यस्ता भवन नेपालमा शान्ति सुरक्षामा अहम भूमिका  खेलेको बताउनुभयो ।

यो भवन राष्ट्रिय निर्माण प्रचलित नियम अनुसार बनेको र स्थानीय सरकारसग अनुमती लिएको भनाई राख्नुभयो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रहरीहरू यस्ता भवनबाट सेवा दिन पाउनु राम्रो पक्ष भएको बताउनुभयो ।

मानवता र पीडितमैत्री समाज निर्माणका लागि यी भवनहरू उपयोगी हुने नायव महानिरिक्षक खत्रीले धारणा राख्नुभयो ।

गैरसरकारी संस्था महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष सुशीला बेल्बासेले समाजमा आएका विभिन्न किसिमका नकारात्मक क्रियाकलापलाई नेपाल प्रहरीले सबल रुपमा समाधान गर्दै आएको बताउनुभयो ।

अध्यक्ष बेल्वासेले गाउँघरमै समस्या समाधानका लागि प्रहरीले  विशेष पहल गर्नुपर्ने जोड दिनुभयो ।

उक्त भवन १२ महिनामा निर्माण सम्पन्न भएको हो ।  रु, २ करोड ३६ लाख ६४ हजार ७ सय १ को लागतमा १२ कोठे भवन सम्पन्न भएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu