Connect with us
Kapilvast Forest

झापास्थित रास्वपा कार्यालय भएको घरमा तोडफोड

२०८२, २३ माघ बिहीबारमा प्रकाशित

झापा क्षेत्र नम्बर ५ स्थित कमल गाउँपालिका २ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय रहेको घरमा तोडफोड गरिएको छ । गएराति कमल २ को क्याम्पामा रहेको स्थानीय जयराम अधिकारीको घरमा तोडेफोड गरिएको हो ।रास्वपाको कार्यालय एकातिर रहेको छ भने त्यही घरको अर्कोतिरको झ्यालमा तोडफोड गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

‘रास्वपाको कार्यालय एकातिर छ, तर घरको अर्काेतिरको झ्यालको सिसा फुटेको रहेछ । गएराति घटना घटे पनि हामीले बिहान मात्रै थाहा पायौँ । यस विषयमा अनुसन्धान गर्दै छाैँ,’ उनले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu