Connect with us
Kapilvast Forest

जनमुखी योजना सहित चुनावी मैदानमा एहशान

२०८२, २३ माघ बिहीबारमा प्रकाशित

कपिलवस्तु
कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र न • ३ बाट नेपाली कम्युनिस्ट पाटी (नेकपा) का उम्मेदवार एहशान खान जनमुखी योजना र स्पष्ट राजनीतिक दृष्टिकोणसहित चुनावी मैदानमा होमिनु भएको छ। उहाले जनताको आवश्यकता, समस्या र आकांक्षालाई केन्द्रमा राख्दै अघि बढ्ने प्रतिबद्धतासहित चुनावी अभियानलाई तीव्र बनाउनु भएको हो ।
चुनावी भेटघाट तथा कोणसभाका क्रममा उम्मेदवार एहशानले क्षेत्रका विभिन्न गाउँ–टोल पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आउनुभएको छ। भेटघाटका क्रममा उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार विकास र सुशासनलाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा प्रस्तुत गर्नुभएको छ। विशेषगरी युवालाई स्वरोजगार, कृषकलाई अनुदान तथा आधुनिक प्रविधिमा पहुँच दिलाउने र विपन्न वर्गलाई राज्यको सेवासुविधासँग जोड्ने योजना उहाँको प्रमुख प्रतिबद्धता रहेको बताउनुभयो ।
खान “राजनीति सत्ताको लागि होइन, जनसेवाको लागि हो” भन्ने मान्यताका साथ आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो। उहाँले विगतमा जनताले भोग्दै आएको समस्या समाधान गर्न ठोस योजना र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै यसपटक कपिलवस्तु–३ का मतदाताले परिवर्तनको पक्षमा मत दिने विश्वास व्यक्त गर्नुभयो  ।
स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउँदै गाउँस्तरसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने, विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने तथा बेरोजगार युवालाई सीपमूलक तालिममार्फत रोजगारी सिर्जना गर्ने उहाँको योजना रहेको छ। साथै, महिलाहरूको आर्थिक सशक्तीकरण, दलित तथा सीमान्तकृत समुदायको हकहित संरक्षण र सामाजिक न्यायको पक्षमा आफू सधैं अग्रपंक्तिमा उभिने बताउनुभयो।
स्थानीय बासिन्दाहरूले पनि उम्मेदवार एहशानको जनमुखी सोच र व्यवहारप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आएका छन्। “हामीले खोजेको नेता यही हो, जो हाम्रो पीडा बुझ्छ र समाधानको बाटो देखाउँछ,” भन्ने प्रतिक्रिया स्थानीय मतदाताहरूले दिएका छन्।
कपिलवस्तु–३ मा परिवर्तन र विकासको आशासहित उम्मेदवार एहशान जनमुखी योजना लिएर चुनावी प्रतिस्पर्धामा उत्रिँदा यस क्षेत्रको राजनीतिक माहोल थप सक्रिय बन्दै गएको देखिन्छ। आगामी निर्वाचनमा जनताको मतबाट आफ्नो योजनालाई व्यवहारमा उतार्ने अवसर पाउनेमा आफू विश्वस्त रहेको उहाको दावी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu